गण्डकी प्रदेशलाई राइनो कप गोल्डकपको उपाधि
पाेखरा | फागुन ९, २०८०
पोखरा: गण्डकी प्रदेशले छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो।
उपाधिसँगै गण्डकीले नगद आठ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाइस बिघाले चार लाख हात पारेको छ।
प्रतियोगितामा विभागीय टिम प्रदेशस्तरको टिमसहित १२ टिमको सहभागिता थियो।
विश्वकै दुर्लभ एकसिँगे गैँडा संरक्षणको उद्देश्य राखेर विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

