गजल सन्ध्या पोखराको नेतृत्वमा मन क्षेत्री
पाेखरा | फागुन १२, २०८०
पोखरा: नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ ।
गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो ।
पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ ।
समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् ।
सदस्यहरुमा पूर्वसचिव लक्ष्मण तिमिल्सिना, सदस्य माधव खतिवडा, सागर अधिकारी र करण कपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए ।

‘पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा आइपुगेको छु, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि हिँडिरहेकै छु,’ मनले भने, ‘अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान सहयात्रा गर्ने छौं ।’
यसअघि वसन्त विनोद सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा गजलको अघोषित पाठशाला बनेको सन्ध्याको गतिविधि शून्यप्राय बन्न पुगेको भन्दै पूर्वअध्यक्ष दीपक समीपले चिन्ता व्यक्त गरे । ‘मैनबत्ति बालेर गजल वाचनका कार्यक्रम हुन्थे, वाचन गर्न प्रतिस्पर्धा चल्थ्यो । गजल सन्ध्याको गतिविधिले अन्य संस्था पनि छाँयामा थिए,’ समीपले भने, ‘आज सन्ध्याका उपस्थिति कमजोर बन्न पुगेको छ, फेरि उचाईमा पुगोस् ।’
संस्थापक अध्यक्ष दिलिप दोषीले लडेर, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको र स्थापनाकालीन पदाधिकारी तथा सदस्यहरु पछिल्लो समय नजोडिएको बताए । पूर्व अध्यक्ष अमृत सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब फेरि सन्ध्यालाई व्यवस्थित ढंगले चलाउनुपर्ने चुनौति थपिएको बताए ।
पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र सदस्य रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको हो । शनिबार नै सन्ध्याको २ सय ४८ औं नियमित गजल वाचनसमेत भएको थियो ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

