पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ

पाेखरा | फागुन १२, २०८०

पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ

पोखरा:    पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । 


सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ । 

प्रहरीले बरामद गरेको सुनका गरगहना


तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्