पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ
पाेखरा | फागुन १२, २०८०
पोखरा: पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो ।
सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ ।

प्रहरीले बरामद गरेको सुनका गरगहना
तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

