सन्तोष थापा स्मृति कप भलिबलमा बागलुङ च्याम्पियन
नवलपुर तेस्रो
पाेखरा | फागुन १३, २०८०
पोखरा: स्याङ्जाको चापाकोटमा सम्पन्न भएको स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ च्याम्पियन भएको छ ।
बागलुङले स्याङ्जालाई फाइनल खेलमा ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । बागलुङले स्याङ्जालाई २५–२७, २५–२०, २५–२१ र २५–२१ ले पराजित गरेको हो ।
च्याम्पियन भएको बागलुङले विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै तेस्रो स्थान लागि भएको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए ।
स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको थियो ।
चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।
उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

