नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै

काठमाडाैं | फागुन १५, २०८०

नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै तस्बिर फाइल

काठमाडौं:    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ ।


साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।


नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्यो । दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा नेपालले इराकलाई ५–० ले हरायो । अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४–० को जितसँगै नेपाल समूह विजेता बनेको हो ।


यता लेवनानले पहिलो खेलमा गुआममाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । त्यसपछि साउदीलाई २–३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २–० ले पराजित भयो ।


आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ ।


साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।

पोखरा:  शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रत...

थप पढ्नुहोस्

पोखरा:  कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।  थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

थप पढ्नुहोस्