राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव

काठमाडाैं | फागुन १५, २०८०

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव तस्बिर फाइल

काठमाडौं:     नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । 


मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् ।


बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । 


आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए ।


सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुन: बस्ने उनको भनाई छ ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्