लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडाैं | फागुन १५, २०८०

लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं:     पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  


पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । नेपालले ७६ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् । 


नेपालले ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।


प्रिती राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । 


नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्