अरुणाको कप्तानीमा गण्डकीले पाल्पामा राष्ट्रिय भलिबल खेल्ने

पाेखरा | फागुन १७, २०८०

अरुणाको कप्तानीमा गण्डकीले पाल्पामा राष्ट्रिय भलिबल खेल्ने

पोखरा:    गण्डकी प्रदेश महिला भलिबल टिमले पाल्पाको रामपुरमा भोलिदेखि सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल महिला प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा सहभागिता जनाउने भएको छ । 


प्रथम लुम्बिनी कप राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाउन प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय महिला टोलीका कप्तान समेत रहेका अरुणा शाहीको कप्तानीमा (बुधबार) १५ सदस्य टोली घोषणा गरेको छ । 


गण्डकी प्रदेश महिला टिममा अरुणा शाही (कप्तान), एलिसा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोईङ थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुशी पुन, रेविना घर्ति मगर, अनिशा रोका, प्रशिक्षकमा मलिन रोका,  सहायक प्रशिक्षकमा समित गुरुङ र व्यवस्थापकमा पूर्णबहादुर गुरुङ रहेका छन् । 


पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 


पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसँगै सातै प्रदेशको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्