अन्नपूर्ण व्याण्ड नेपालको ‘भो’ सार्वजनिक (भिडियो सहित)
पाेखरा | असार १५, २०७९
कास्की: अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ । व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ।
आशिम गुरुङ र अप्सरा गुरुङको मुख्य अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङले स्वर भरेका छन् ।
निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् ।
यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन् । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन् । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ ।
भिडियो:
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

