क्व्होलासोथार ७ : पहिरो पीडित सोमालाई सुरक्षित स्थानमा लगियो
लमजुङ | असार १५, २०७९
लमजुङ : गएराती परेको अविरल वर्षाका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका ७ भोजेका सोमा विश्वकर्माको घरमा पहिरोले क्षति पुर्याएको छ ।
मंगलबार परेको अविरल वर्षाको कारण क्व्होलासोथार गाउँपालिका ७ का सोमा विकको घरमा क्षति पुर्याएपछि परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्व्होलासोथार ७ का वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएकाले छ ।
केही दिन यता अविरल वर्षाको कारण देशको धेरै ठाउँमा बाढी पहिरोको जोखिम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्दै आएको छ ।

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

