पोखराकाे भण्डारढिकमा सूर्य तारा खेल महोत्सव, फुटबलतर्फको उपाधि राशी ३ लाख

पाेखरा | फागुन १८, २०८०

पोखराकाे भण्डारढिकमा सूर्य तारा खेल महोत्सव, फुटबलतर्फको उपाधि राशी ३ लाख

पोखरा:     पोखरा महानगरपालिका–२९ भण्डारढिकमा सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म खेल महोत्सव २०८० आयोजना हुने भएको छ ।

 

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीले संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । 


नेपाल खेलकुद महासंघ गण्डकीका अध्यक्ष विष्णु पुनले पोखरा भण्डारढिकमा विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको बताए । 


उनका अनुसार खेल महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।


प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने अध्यक्ष पुनले जानकारी दिए ।

 

 


१६ टिमको सहभागिता रहने फुटबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३, उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका अध्यक्ष पुनले बताए । 


खेल महोत्सवमा आयोजनामा गरिएको विद्यालयस्तरीय प्रतियो्गिता भने निर्धारित मिति भन्दा अगाडि नै आयोजना गर्न लागेको उनले बताए । जसमा कास्की जिल्लाका विद्यालयस्तरीय ५ किलोमिटर दौड, खुल्ला र ४५ वर्ष माथि भेट्रान ५ किलोमिटर दौड प्रतियोगिता फागुन १९ गते सञ्चालन हुने बताए । तीन विधाका विजेताले ७ , उपविजेताले ५ तेस्रो हुने प्रतियोगीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

 

फागुन २६देखि चैत ३ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय नृत्य प्रतियोगिता विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् । खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २द्द र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।


यस्तै खेल महोत्सवमा गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । 


यस्तै विभिन्न संघसंस्थास्तरीय झाँकी प्रर्दशनी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । 


खेल महोत्सव चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयस्तरीय प्रतियोगिता निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन हुने पुनले बताए । महोत्सवको उद्घाट नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्