पोखरा-१६ मा लागूऔषध रोकथाम एवम् सचेतना कार्यक्रम

पाेखरा | फागुन २२, २०८०

पोखरा-१६ मा लागूऔषध रोकथाम एवम् सचेतना कार्यक्रम

पोखरा:    पोखरा महानगरपालिका–१६ मा लागूऔषध रोकथाम, सचेतना, प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।
 

लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवायुवतीमा देखिएको लागूऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधिलाई प्रशिक्षण दिइएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो ।


कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागूऔषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सुहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।
 

समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने बताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो ।

सोही भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्