पुन युनाइटेड बास्केटबल प्रतियोगिता जारी, दोस्रो दिन ७ खेल
पाेखरा | फागुन २४, २०८०
पोखरा: पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगिता दोस्रो दिन ७ खेल भएका छन् ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भेट्रान्सतर्फ १ र पुरुषतर्फ ६ खेल भएको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । भेट्रान्सतर्फको खेलमा सात गाउँ पुन मगर समाजले रामबजारलाई पराजित गरेको उनले बताए ।
पुरुषतर्फको खेलमा खेलमा सात गाउँ पुन मगर समाजलाई गलेश्वर बास्केटबल क्बलले हरायो । दोस्रो खेलमा आयोजक पुन युनाइटेड क्लबलाई रामबजारले पराजित ग¥यो ।
बुधबारको खेलमा मर्दीखोलाको २ टिम अघि बढ्यो । जसमा मर्दीखोला मरुनले घोरेपानीलाई र मर्दीखोला ओरन्जले आउटसाइडलाई पराजित ग¥यो । अर्को खेलमा चिमखोलालाई स्वाँतले हरायो । भने, अन्तिम खेलमा क्याङले घान्द्रुकलाई हराएर अघि बढ्यो ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६ र पुरुषतर्फ १९ टिमको सहभागिता छ । महिला टिमको अन्तिम टुंगो बिहीबार लागेपछि खेलतालिका सार्वजनिक गरिने उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

