प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडाैं | फागुन २८, २०८०

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं:     नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका हुुन् । 


प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।


विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निदेएशन (ह्विप) जारी गरिन्छ ।’’


कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)सहितको नयाँ गठबन्धन बनेको छ । गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्