धम्पुस उत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख
पाेखरा | फागुन २८, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुने भएको छ । मिलन युवा क्लबले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै धम्पुस उत्सवको बारेमा जानकारी दिएको हो ।
माछापुच्छ«े गाउँपालिका–७ को संयोजन र मिलन युवा क्लबको आयोजनामा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुन लागेको हो ।
धम्पुस उत्सव २०८० मा कास्की जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, टोलस्तरीय प्रौढ भलिबल, सामुहिक नृत्य लगायतका कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ललित पुनले जानकारी दिए ।
‘मिलन युवा क्लबले विगतदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ’, अध्यक्ष पुनले भने, ‘यसपटक वडा कार्यालयसँग संयोजन गरेर धम्पुस उत्सव २०८० फागनु ३० देखि ३ गतेसम्म सञ्चालन गर्न लागेका हौं ।’
उनका अनुसार धम्पुस उत्सवमा आयोजित अन्तर कास्की वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले १०÷ १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
यस्तै क्लबस्तरीय महिला भलिबलतर्फको विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विधागततर्फ सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही २५÷२५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा माछापुच्छ«े गाउँपालिका–७ का टोलस्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका पुरस्कार पाउनेछन् । यस्तै सामुहिक महिला नृत्य प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने समूहले समानः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष रस्साकस्सी प्रतियोगिताको विजेता, उपविजेताले १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पुरुष छेलो प्रतियोगिताको विजेताले ५ हजार र उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

