एनआईएमबीलाई इसान कप उपाधि

काठमाडाैं | चैत ५, २०८०

एनआईएमबीलाई इसान कप उपाधि

काठमाडौँ:  नेपाल इन्भेष्टमेन्ट मेगा बैैँक एनआईएमबीले आरबीबीएल इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।


 सोल्टीमोडस्थित चैत्य फुटसलमा सोमबार भएको फाइनल खेलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले हरायो । 

 

एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गोल गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे ।

 

उपविजेता आयल निगमले ३० हजार रुपियाँ प्राप्त प्राप्त गर्याे। राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगितामा नेपाल बैँक लिमिटेड तेस्रो भयो ।  नेपाल बैँकले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे।

 

प्रतियोगिताभर ९ गोल गरेका​ एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक र राष्ट्रिय वाणिज्य बैँकले अनुशासित टिमको उपाधि जित्यो । 

 

विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैँकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्