नेप्से परिसूचकमा उछाल
काठमाडाैं | असार १६, २०७९
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।
नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।
बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब पाँच अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु नौ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु सात करोड ९७ लाख ६८ हजार १७१, एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर रु पाँच करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु पाँच करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि
नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

