बेगनासतालमा राष्ट्रिय स्तरको ड्रागन बोट रेस प्रतियोगिता, विजेतालाई २ लाख

पाेखरा | चैत ७, २०८०

बेगनासतालमा राष्ट्रिय स्तरको ड्रागन बोट रेस प्रतियोगिता, विजेतालाई २ लाख

पोखरा:  लेखनाथको बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।

 

ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा पहिलो संस्करणको ड्रागन बोट रेस आयोजना गर्न लागिएको हो ।
 

बेगनासतालको पिप्ले टुडादेखि मन्दरेपार्क सम्मको दुरीमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरभद्र कंडेलले जानकारी दिए ।

 

उनका अनुसार  सो प्रतियोगितामा १२ समूहको सहभागिता रहनेछ ।

 

प्रतियोगिता ५ सय र २ सय मिटर गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिने कंडेलले बताए ।

 

उनका अनुसार प्रतियोगितामा ५ सय मिटरतर्फ प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख ५० हजार र तृतिय हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।

 

यस्तै २ सय मिटरतर्फ प्रथम हुनेलाई १ लाख द्वितियलाई ५० हजार र तृतियलार्ई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने छ ।

 

यसअघि फेवातालमा अन्तरराष्ट्रिय स्तरको नेपालमै पहिलोपटक ड्रागन बोट रेस भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्