भण्डारढिकमा नेकोस खेल महोत्सव जारी, आज सेमिफाइनल समिकरण पुरा हुदैं
पाेखरा | चैत ७, २०८०
PHOTO: UMESH PUN
पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ आज सेमिफाइनलको समिकरण पुरा हुने भएको छ ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा गत ३ गते देखि जारी खेल महोत्सव अन्तरगत आज फुटबलतर्फ अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र विष्णुपादुका क्लबबीच हुनेछ ।
यस खेलसकिएसँगै सेमिफाइनलको समिकरण पुरा हुनेछ ।
उक्त खेलको विजेता टोलीले दोस्रो सेमिफाइनल खेलका रुपमा भोलि (बिहीबार) आदर्श क्लब भण्डारढिकसँग भिड्नेछ ।
आदर्श क्लब भण्डारढिकले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरिसकेको खेल संयोजक विष्णु पुनले जानकारी दिए ।
उनका अनुसार पहिलो सेमिफाइनल खेल आज एलसी ब्रदर्श लामाचौर र आरएस बिच फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ ।
एलसी ब्रदर्शले आयोजक टिम नेकोसलाई क्वाटरफाइनलमा हराउँदै अन्तिम चारमा उक्लिएको थियो भने आरएस क्लबले संगम क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

