गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा ध्वजकुमार गुरुङ

पाेखरा | चैत ७, २०८०

गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा ध्वजकुमार गुरुङ

पोखरा:   गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा ध्वजकुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

 

पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।


अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुन भने यसअघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षसमेत हुन् ।


यसैगरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भए ।

 

कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भए ।

 

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएको धारणा राखेका थिए ।
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्