नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने

पाेखरा | चैत ८, २०८०

नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने

पोखरा:    लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलको उपाधिका लागि एलसी ब्रदर्श र आदर्श युवा क्लब भिड्ने भएका छन् ।

 

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले सहारा क्लब पोखरालाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


आदर्शको जीतमा विकाश परियारले दोस्रो हाफमा गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो ।

 

बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा खेलमा एलसी ब्रदर्शले  आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । 


सूर्य तारा नेकोस खेल महोत्सवको फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार एलसी ब्रदर्श र आदर्श युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । 


गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


 

यो पनि पढ्नुहोस

 

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।   चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेस...

थप पढ्नुहोस्