घलेगाउँको पर्यटन प्रवर्द्धनका लागि फुटबल प्रतियोगिता
लमजुङ | चैत ९, २०८०
लमजुङः फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

