आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा

काठमाडाैं | असार १६, २०७९

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा


सुर्खेत :     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताउनुभएको छ । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तक्र्रिया कार्यक्रममा उहाँले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताउनुभयो । 

  

 अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । “४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विप्रेषणले  देशको अर्थतन्त्र धानिएको छ”, उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।” गरिबीका कारण नेपालमा सनातन हिन्दू धर्मप्रति आक्रमण बढ्दै गएको उहाँको भनाइ थियो । 

    

लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरुले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, “मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरुका दुःखका दिन अझै सकिएका छैनन् ।” समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तक्र्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्