लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पाेखरा | चैत ९, २०८०

लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पोखरा:  पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । 
 

बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । 

 

खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए ।

 

उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बन्दै ५ हजार पुरस्कार प्राप्त गरे । 

 

उपाधिसँगै विजेता बनेको लेकसाइड पहेंलोले नगद १ लाख १ हजार १ सय ११ शिल्ड, मेडल तथा प्रमात्रपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगिताको उपविजेता गार्डेन एफसीले ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

प्रतियोगितामा लेकसाइड पहेंलोका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

 

यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा एनए भेट्रानका कन्या गुरुङले (५ गाेल)५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम लेकसाइड सेतोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।  यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा लेकसाइड पहेंलोका राम भुजेल घोषित भए । 

 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।

 

फाइनल खेलपूर्व महिला टोलीको मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । 

 

पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त रुपमा प्रतियोगिता आयोजनामा गरेका थिए ।

 

सो प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।
 

पोखरा:    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।    स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण ...

थप पढ्नुहोस्

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ ।   पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता श...

थप पढ्नुहोस्

पोखरा:   रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ । &n...

थप पढ्नुहोस्