लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पाेखरा | चैत ९, २०८०

लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पोखरा:  पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । 
 

बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । 

 

खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए ।

 

उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बन्दै ५ हजार पुरस्कार प्राप्त गरे । 

 

उपाधिसँगै विजेता बनेको लेकसाइड पहेंलोले नगद १ लाख १ हजार १ सय ११ शिल्ड, मेडल तथा प्रमात्रपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगिताको उपविजेता गार्डेन एफसीले ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

प्रतियोगितामा लेकसाइड पहेंलोका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

 

यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा एनए भेट्रानका कन्या गुरुङले (५ गाेल)५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम लेकसाइड सेतोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।  यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा लेकसाइड पहेंलोका राम भुजेल घोषित भए । 

 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।

 

फाइनल खेलपूर्व महिला टोलीको मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । 

 

पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त रुपमा प्रतियोगिता आयोजनामा गरेका थिए ।

 

सो प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्