एलसी ब्रदर्शलाई नेकोस खेल महोत्सवको उपाधि

पाेखरा | चैत १०, २०८०

एलसी ब्रदर्शलाई नेकोस खेल महोत्सवको उपाधि

पोखराः   लेखनाथको भण्डारढिकमा सम्पन्न सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फको उपाधि एलसी ब्रदर्शले जितेको छ ।

 

भण्डारढिक खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एलसी ब्रदर्श च्याम्पियन बनेको हो । 

 

एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरे ।  

 

उपाधिसँगै एलसी ब्रदर्शले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको आदर्श क्लबले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।
 

विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए ।

 

यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने । 

 

सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भए । 

 

गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।


 
 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।  समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...

थप पढ्नुहोस्