आज आयरल्याण्ड 'ए' सँग खेल्दै नेपाल

काठमाडाैं | चैत १२, २०८०

आज आयरल्याण्ड 'ए' सँग खेल्दै नेपाल

आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ।

 

नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ।

 

त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ।

 

सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।

 

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ।

 

त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी-२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो।

 

नेपाली टिम

 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्