एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

भरतपुर | असार १७, २०७९

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या


भरतपुर  ः     जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । 

  

 भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको  परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ । उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । 

 

पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताउनुभयो । एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उहाँको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उहाँले जानकारी दिनुभयो ।

 

जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मात्रै ३७ जनामा पुष्टि भएको हो । अहिले जिल्लामा एक हजार ७३ जनाले एचआइभी एड्स प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् । सोही अवधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारिस लगेका छन् । 

 

यस्तै ६ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्