दलित एकता संजाल र स्वयंसेवी रक्तदाता समाजको रक्तदानमा २५ युनिट संकलन
पाेखरा | कात्तिक १६, २०८२
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका –१०, रामघाटस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राङ्गणमा आइतबार आयोजित रक्तदानबाट २५ युनिट संकलन भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सुनचाँदी, रत्न तथा आभुषण व्यवसायी महासँघका केन्द्रीय अध्यक्ष किसान सुनारले पहिलो रक्तदाता अमित पौडेललाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सुनारले रक्तदान जस्तो महान कार्य गर्न जो कोही पछि हट्न नहुने धारणा राखे ।
रक्तदानको एक एक थोपाको महत्व हुने बताउँदै उनले कसैको जीवन बचाउन रक्तदाताहरुको अतुलनीय योगदान रहने उल्लेख गरेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकाल, विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर बिक, मिझार समाज गण्डकीका अध्यक्ष शालिकराम नेपाली, परियार सेवा समाज कास्कीका उपाध्यक्ष ज्ञानु परियार, ट्याक्सी सेवा केन्द्रका अध्यक्ष हरिराज आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दलित एकता संजाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, हिरामणी भुषालले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो ।


काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

