रेडियो अन्नपूर्णको रक्तदान भोलि
पाेखरा | चैत १६, २०८०
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।
रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका लागि रक्तदान” भन्ने नाराकासाथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संयोजक राजाराम पौडेलले बताए ।
उनले रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरुसमेत गठन गरिएको छ ।
रेडियोले हालसम्म ७ हजार ४ सय ९६ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले जानकारी दिए ।
रक्तदान कार्यक्रममा सहकार्यका लागि पोखरा इन्टरनेट ,एनआइसी एसिया बैंक,नबिल बैंक,नेपाल बैंक,श्री स्टील प्रा.लि, बृज एडिटिभिज,रुपाकोट सुनचादी दुकान, डि.एस टेड्स,सलिको इन्स्योरेन्स,इश्वर,राष्ट्रिय वाणिज्य बैंक, नेलम्बो नेपाल,लायन्स क्लब अफ स्मार्ट टाउन,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज,सिजि फुड्स नेपाल रियो जुस, डावर नेपाल रियल जुस, माई बुक्स स्टेस्नरी,रोजिना अफसेट प्रेस,परिचय एडभटाइजिङ,पेन्गुइन मिनिरल वार्टर,तालबाराहि फार्मेसी रहेका छन् ।
रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

