रेडियो अन्नपूर्णको रक्तदान भोलि
पाेखरा | चैत १६, २०८०
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।
रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका लागि रक्तदान” भन्ने नाराकासाथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संयोजक राजाराम पौडेलले बताए ।
उनले रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरुसमेत गठन गरिएको छ ।
रेडियोले हालसम्म ७ हजार ४ सय ९६ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले जानकारी दिए ।
रक्तदान कार्यक्रममा सहकार्यका लागि पोखरा इन्टरनेट ,एनआइसी एसिया बैंक,नबिल बैंक,नेपाल बैंक,श्री स्टील प्रा.लि, बृज एडिटिभिज,रुपाकोट सुनचादी दुकान, डि.एस टेड्स,सलिको इन्स्योरेन्स,इश्वर,राष्ट्रिय वाणिज्य बैंक, नेलम्बो नेपाल,लायन्स क्लब अफ स्मार्ट टाउन,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज,सिजि फुड्स नेपाल रियो जुस, डावर नेपाल रियल जुस, माई बुक्स स्टेस्नरी,रोजिना अफसेट प्रेस,परिचय एडभटाइजिङ,पेन्गुइन मिनिरल वार्टर,तालबाराहि फार्मेसी रहेका छन् ।
रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

