पोखरा-१३ ‘जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा’

पाेखरा | चैत १८, २०८०

पोखरा-१३ ‘जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा’

पोखरा:  जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । 


शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । 


उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए । 


आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए । 


“भाषण होइन काममा विश्वास राख्ने गर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमा बाट नागरिकलाई लाभ मिल्नेछ ।”, उनले भने । 


बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । “गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु ।”, उनले भने । 


भौतिक विकाससँगै मानविय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमुलक तालिम सिकाई वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाई उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ । 


नेपाली काँग्रेस वडा नं. १३ का इकाई सभापति माधव प्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए । 


उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बीमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । 


स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सह्रानिय काम गरेको भनाई उनको छ । 


स्थानीय पोखरी स्वाराका भीम बहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा खुशी लागेको बताए । 


“वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा खुशी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद ।”, उनले भने । 


पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बीमा कार्ड पाएर खुशी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुशी लागेको उनले सुनाइन् । 
 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्