क्षत्री समाजको चौथो महाधिवेशन दमौलीमा, ४ सय प्रतिनिधि सहभागी हुँदै
पाेखरा | चैत १९, २०८०
पोखरा: क्षत्री समाजको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।
क्षत्री समाजले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन दमौलीमा चैत २५ र २६ गते गर्ने जानकारी दिएको हो ।
क्षत्री समाजका महासचिव केशबहादुर केसीले तनहुँको दमौलीमा चैत २५ र २६ गते हुने चौथो महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधि आउने बताए ।
‘क्षत्री समाजको जिल्ला र प्रदेश समितिहरको अधिवेशनलाई सम्पन्न गरिसकेका छौं’, महसचिव केसीले भने,‘जिल्ला र प्रदेशको अधिवेशनपछि केन्द्रको चौथो महाधिवेशन चैत २५ र २६गते तनहुँको दमौलीमा आयोजना गरेका छौं ।’
क्षत्री समाजले विगतमा भएका सरकार पक्षसँग भएको सम्झौतालाई पालना गर्दै खस जातिको पहिचान र इतिहासलाई कायम गराउन अस आयोगको गठन गर्नुपर्ने माग समेत गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

