लामा फाउण्डेशन घान्द्रुकले राख्यो जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’
पाेखरा | असार १७, २०७९
पोखरा : कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ ।
कास्कीको अन्नपुर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीहरुमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।
घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईहरुको आर्थिक सहयोग गर्नुभएको छ ।’
कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालकहरु पनि हर्षिद छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीहरुमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीहरुमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’उनले फाउण्डेशनका संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभीरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

