लामा फाउण्डेशन घान्द्रुकले राख्यो जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’

पाेखरा | असार १७, २०७९

लामा फाउण्डेशन घान्द्रुकले राख्यो जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’

 


पोखरा :      कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ । 


कास्कीको अन्नपुर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ  लगायतका घुम्तीहरुमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।  


घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईहरुको आर्थिक सहयोग गर्नुभएको छ ।’

 

कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालकहरु पनि हर्षिद छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीहरुमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीहरुमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’उनले फाउण्डेशनका संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभीरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे ।

 

विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

 

 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्