सामुदायिक सेवा केन्द्र वगरले मनायो २१ औं स्थापना दिवस

पाेखरा | चैत २०, २०८०

सामुदायिक सेवा केन्द्र वगरले मनायो २१ औं स्थापना दिवस

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले २१ औ स्थापना दिवस मनाएको छ ।


स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताए । 


‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगती न्यूनिकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘आगामि दिनमा पनि संस्था गतिविधि क्रियाशिलता रहने विश्वास व्यक्त गर्दछु ।’ कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाई थियो ।


वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए ।


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरीक वीचको सम्वन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् । 


कार्यक्रममा अस्थायी प्रहरी पोष्ट वगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी वरिष्ठ नायव निरीक्षक बाट प्रहरी निरीक्षकमा पदोन्नती भएकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा रामजी पौडेल, सदस्य लागु औषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, सामुदायिक सेवा केन्द्र वगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले र सचिव शिवराज अधिकारीले बोलेका थिए ।
 

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्