३० गतेदेखि डिग्री माइलाको प्रदर्शन
पाेखरा | चैत २५, २०८०
पोखरा: प्रचारप्रसारका लागि पोखरामा डिग्री माइलाको प्रेसमिट गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मलेनमा निर्माणपक्ष आशावादी देखिन्छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख गरे ।
उनी आफै पनि उक्त सिनेमामा अभिनय गरेका छन् । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा घिमिरेलाई देख्न सकिन्छ । पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमा मार्फत देखाउन खोजिएको उनले बताए ।
घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताए । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमा मार्फत अझ फरक पाउने उनले बताए ।
कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिदैछन् । उनले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गरे । सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किन नपर्ने उनले बताए ।
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुरुङ स्विकार्छन् । सिनेमाको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने तर्क उनको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा भइराख्दा अर्कोतर्फ भाइचाराको सम्बन्ध पनि गाँसिएको उनी बताउँछन् ।
डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।
विशाल गुरुङ ९एलजी०, मनीराम पोखरृेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेखेका हुन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

