पोखरामा धारिलो हतियार र ड्रग्ससहित तीन युवा प्रकाउ
पाेखरा | असार १७, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले धारिलो हतियार र ड्रग्ससहित ३ युवाहरुलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ७ नुहारथोकमा बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थायी घर भएका पोखरा बस्दै आएका ३४ बर्षिय सुजित मुल्मी, ३१ बर्षिय रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं।५ का ३१ बर्षिय बाबुराम मोक्तानलाई लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल,नुर्फिन ६५ एम्पुल गरी १ सय ९५ एम्पुल लागूपदार्थ र कालो छालाको दाप धारिलो हतियार १ थान र मोबाइल ४ थान सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरील जनाएको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

