मीरा पुनमगर बनिन् हङकङ प्रहरीमा पहिलो नेपाली महिला

पाेखरा | चैत २८, २०८०

मीरा पुनमगर बनिन् हङकङ प्रहरीमा पहिलो नेपाली महिला

मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन्।

 

नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन्।

 

हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो। 

 

नेपाल म्याग्दीकी मीराका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्।

 

प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ।

 

करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्।

 

 

पोखरा:   प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ ।  कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै...

थप पढ्नुहोस्

पोखरा:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।   पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...

थप पढ्नुहोस्