सबुपोखरी चिनाउन 'हाइकिङ'
पाेखरा | जेठ १३, २०८३
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) सिक्लेस, मादी गाउँपालिकाको सहयोगमा ताङ्तिङ क्रपुडाँडा सबुपोखरी मिजुरेडाँडा ट्रेकिङ रुटमा २ दिने हाइकिङ गरिएको कार्यक्रम संयोजक तथा मादी ५ का जनप्रतिनिधि ओमप्रकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार २ दिने हाइकिङमा पोखराका पर्यटन व्यवसायी, टान गण्डकीका प्रतिनिधि, गुरुङ पर्यटन व्यवसायी संघका प्रतिनिधि, हाइकर्स क्लब नेपालका प्रतिनिधि, पोखराका ट्रेकर्स ग्रुप, एक्यापका प्रतिनिधी र मादी गाउँपालिका वडा ८, ९, १०, १२ लगायतका जनप्रतिनिधहरु तथा स्थानीय गरि १३६ जना सहभागी थिए ।
हाइकिङको उद्घाटन गर्दै मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सिंगो मादी गाउपालिकाकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखेका थिए ।
उनले पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै प्रचारप्रसारकै कारण ओझेलमा परेको बताएका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

