पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
काठमाडाैं | जेठ १३, २०८३
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।
मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित आफ्नो घर फर्किने क्रममा अमरसिंह चोक आसपासबाट अचानक सम्पर्कविहीन भएकी हुन् ।
साँझको करिब ६ देखि ७ बजेको समयमा उनी हराएको बताइएको छ । करिब ४ फिट १० इन्च उचाइकी उनी कालो पाइन्ट र रातो टी–शर्ट लगाएकी थिइन् ।
उनी लामो समयसम्म घर नफर्किएपछि उनको परिवारले सबैलाई खोजि गर्न आग्रह गरेको छ ।
परिवारले रितुलाई कहिकतै देखेको खण्डमा मोबाइल नम्बर ९८४६६०३२८५ मा सम्पर्क गर्न आग्रह गरको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

