सिक्लेस हत्याकाण्ड: हत्या आरोपित २ जना पुर्पक्षका लागि कारागार, २ जना बालसुधार गृह चलान

पाेखरा | चैत २८, २०८०

सिक्लेस हत्याकाण्ड: हत्या आरोपित २ जना पुर्पक्षका लागि कारागार, २ जना बालसुधार गृह चलान

पोखरा:    सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । 


जिल्ला अदालत कास्कीले हत्या आरोपमा प्रकाउ परेका धनबहादुर लामा र कान्छी लामा तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । हत्या आरोपमा प्रकाउ परेका अन्य २ जना बालकलाई भने जिल्ला अदालतले बाल सुधार गृह चलान गरेको छ । 


गएको फागुन अन्तिम साता सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेका रामबहादुर तामाङ चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए । 


 

यो पनि पढ्नुहोस

 


मृत अवस्थामा फेला परेका तामाङको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गर्दा प्रहरीले मृतकसँगै आएका तीनजनासहित उनकी श्रीमती कान्छा लामा तामाङलाई प्रकाउ गरेको थियो । 


अनुसन्धानका क्रममा मृतक तामाङको श्रीमतीले नै श्रीमानको हत्या गर्न धनबहादुरलाई सुपारी दिएको खुलेको थियो । प्रहरीले हत्यामा आरोपित ४ जनालाई काठमाडौं र सिन्धुपाल्चोकबाट प्रकाउ गरेको थियो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्