पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते
पाल्पा | चैत २९, २०८०
पाल्पाः पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।
स्याङ्जाको चापाकोटबाट रामपुर–७ रातमाटातर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गइरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।
घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

