एसिसी प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै
काठमाडाैं | चैत ३०, २०८०
काठमाडौं: आजदेखि सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ ।
ओमानमा हुने यस प्रतियोगिताको दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ।
त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ। नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुने छन्।
ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।
एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्।
जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्।
प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ। समूह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्।
समूह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ।
जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन्।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

