प्रश्नै–प्रश्नः परिवार पाल्न विदेसिनै पर्ने हो र महाराज ?
काठमाडाैं | बैशाख ८, २०७९

लक्ष्मी अर्गेजा मगर (आमनागरिक)
‘मुलुकमा व्यवस्था बदलियो, शासकीय स्वरुप बदलियो, नेतृत्व गर्ने व्यक्ति फेरिए, तर आम नागरिकको दैनिकी कहिल्यै फेरिएन’ यो आम गुनासो हो ।
मुलुक संघीय संरचनामा गइसकेपछि दोस्रो पटक हुने स्थानीय निर्वाचनको मिति तय भइसकेको छ । चुनाव आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलहरु मैदानमा उत्रिएका छन् । तर यसपटकको चुनावमा विभिन्न युवाहरुले उम्मेदवारहरुलाई प्रश्न उठाउदै आएका छन् ।
यही मेसोमा प्रस्तुत छ, बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ४ का लक्ष्मी अर्गेजा मगरले युवाहरुमाथि पटक–पटक कुठाराघात भएको सवालमा सुनगाभा न्यूजमार्फत नेतृत्वसमक्ष उठाएको प्रश्नः
– देशको शासन सत्ता अनि सरकार फेरियो शासन गर्ने व्यक्ति फेरिए तर युवावर्ग विदेश भाँसिने दर किन फेरिएन नवमहाराज ?
–उच्च शिक्षा हाँसिल गरेपनि परिवार पाल्न युवाहरु विदेसिनै पर्ने बाध्यता कहिले हट्छ ? युवा रोजगारको योजना रोकिएकै हो ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला ए...
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा प्रहरी एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिक...
बालिका हत्या गरेको आरोपमा भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चल...