मलेसियालाई हराउँदै नेपाल फाइनलमा,उपाधिका लागि सिंगापुरसँग खेल्ने
पाेखरा | असार १९, २०८२
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले आजै भएको पहिलो सेमिफाइनलमा मलेसियालाई पराजित गरि फाइनलमा स्थान बनाएको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो । नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

