आज नेपाल र कतार खेल्दै

काठमाडाैं | बैशाख १, २०८१

आज नेपाल र कतार खेल्दै तस्बिर फाइल

काठमाडौं:    ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ ।


अल अमारतमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।


यसअघि हिजो भएको पहिलो खेलमा नेपाल विजयी भएको छ ।


ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो ।


नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए ।


यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे ।


नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए ।


यसअघि मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो । मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए ।


मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले ।

प्रिमियर कप अन्तरगत नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भएको छ।।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्