लेखनाथ हाफ म्याराथनमा आर्मीका संजय च्याम्पियन
पाेखरा | बैशाख १, २०८१

पोखरा: त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् ।
उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
१ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तृतीय भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ ।
सशस्त्रका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दुरी पूरा गरेर चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । तृतीय, चौँथो र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने ।
गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तृतीय, सोही कलेजका दिनेश बोगटी चौँथो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भए । १० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी र्सिजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ ।
एपीएफकी पुष्पा भण्डारी चौँथो र एपीएफकै आशा राउत पाँचौँ भए । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे । तृतीय, चौँथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको सदस्य सचिव खड्काले जानकारी दिए ।
विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गंगा गुरूङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरूङ चौँथो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भए । छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएको आयोजकले जनाएको छ । छोरेपाटन माविकी विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पाँचौँ भए । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशक...