कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै
पाेखरा | बैशाख ३, २०८१
पोखरा: कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ ।
समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।
पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उहाँले बताउनुभयो ।
धार्मिक एवम् पर्यापर्यटनका दृष्टिले आकर्षक गन्तव्य डहरे देउराली एवम् अन्धाअन्धी दहको दर्शन गरेमा मनोकांक्षा पूरा हुने प्राचीन जनविश्वास समेतले टाढाटाढाबाट दर्शार्थीहरू आउने गर्दछन् । पछिल्ला समयमा यी स्थलको संरक्षण र प्रवद्र्धनमा विभिन्न संघ संस्थाले जोड दिदै आएका छन् ।
समाजले यस अघिका वर्षमा पनि विभिन्न गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार समाजले स्याङ्जाको धार्मिक एवम् ऐतिहासिक स्थल नुवाकोटस्थित काला भैरव मन्दिर, बाग्लुङको पञ्चकोट, बाग्लुुङ कालिका, पर्वत बाग्लुङका अग्ला पुलहरूको प्रवद्धनात्मक भ्रमण गरिसकेको छ ।
प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रवती अधिकारी, सन्तोष ढुुङ्गाना र सुमित्रा उदाश(मल्ल) सदस्य रहनुभएको उपसमिति समेत गठन गरिएको छ ।
भ्रमणकै अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिने भएको छ । क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहनुभएको उपसमिति पनि गठन गरिसकिएको समाजले जनाएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

