आगलागीमा परेर २ बालबालिकाको मृत्यु

अछाम | बैशाख ३, २०८१

आगलागीमा परेर २ बालबालिकाको मृत्यु

अछाम:      गोठको छानामा आगलागीमा परेर अछामको मेल्लेखमा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको हो ।


घरबाट करिब ५० मिटर नजिक रहेको गोठमा स्याउला र पराल राखेको स्थानमा बालबालिकाले लाइटर लिएर गएपछि गोठमा आगलागी भएर मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिनुभयो ।


 ‘‘भावना र गोपालले लाइटर लिएर गएका रहेछन्, त्यसैबाट आगो लाग्यो र उनीहरु त्यसैमा परेका रहेछन् तर बचाउन सकिएन ।’’ घटनास्थलमा रहनुभएका वडा अध्यक्ष कडायतले भन्नुभयो ।


घर नजिकैको गोठमा आगलागी भएपछि थाहा भए पनि दुई वटै बालबालिकालाई बचाउन नसकिएको बताइएको छ । घटनाका बारेमा थप जानकारीका लागि प्रहरी टोली पुगेको वडाध्यक्ष कडायतको भनाइ छ ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्