पर्सा लैजादै गर्दा १ सय ५० किलो गाँजासहित ७ जना पक्राउ

मकवानपुर | बैशाख ६, २०८१

पर्सा लैजादै गर्दा १ सय ५० किलो गाँजासहित ७ जना पक्राउ

मकवानपुर:   मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापामगर रहेका  छन् ।

 

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गर्दा फेला पारेर जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीटोलीलाई बुझाइएको थियो ।

 

सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:    सगरमाथा आरोहण गरेर फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो । जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्र...

थप पढ्नुहोस्

कास्की:   कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।   स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्...

थप पढ्नुहोस्

पोखरा:    काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।  काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण...

थप पढ्नुहोस्