भारतीय खेलाडी सम्मिलित बागलुङ घुम्टेलाई पराजित गर्दै आर्मीले जित्यो कालीका कपको उपाधि
बाग्लुङ | बैशाख ६, २०८१
बागलुङ: चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बिहिबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । चार भारतीय खेलाडी सहित मैदान प्रवेश गरेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
आर्मीले पहिलो सेट २५–१८ ले जित निकालेको थियो । दोस्रो सेटमा सुरुवातदेखि अग्रता लिएको आर्मीले सहज रुपमा २५–१२ ले जित्यो । तेस्रो सेटमा केही प्रतिस्पर्धा बनेपछि अन्तिम समयमा २५–२२ ले जित निकाल्दै आर्मीले उपाधि रक्षा गर्यो ।
यस्तै बिहिबार नै भएको तेस्रो स्थानको खेलमा कस्तुरी युवा क्लबले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । कस्तुरी युवा क्लबले २५–२१, २५–२२ र २५–१२ ले आफ्नो पक्षमा पार्यो ।
उपाधि जितेको आर्मीले नगद ३ लाख रुपैयाँ, उपविजेता बागलुङ घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार रुपैयाँ र तृतीय भएको कस्तुरी युवा क्लबले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका शरण सामरी क्षेत्री बनेका छन् । यस्तै आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर भण्डारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट प्रशिक्षक बनेका छन् । यस्तै उत्कृष्ट सर्भर बागलुङ घुम्टेका राजनेश सिंह र उत्कृष्ट डिफेन्डर कस्तुरी युवा क्लबका निरज थापा घोषित भए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

